दफा २०
तालीम तथा प्रशिक्षण
(१) नेपाली सेनाको संगठनमा समावेश गरिने कुनै पनि व्यक्तिलाई सैनिक शिक्षा, आचरण, शारीरिक अभ्यास, मानव अधिकार र अन्तर्राष्ट्रिय मानवीय कानुन लगायतका विषयमा तालीम तथा प्रशिक्षण दिइनेछ ।
(२) उपदफा (१) बमोजिमको तालीम तथा प्रशिक्षण सम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ ।